Rumpum Advertisement

केपी ओलीलाई हामीले कमरेड भन्न छोड्यौं : अष्टलक्ष्मी शाक्य

Neuro
केपी ओलीलाई हामीले कमरेड भन्न छोड्यौं : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाएकी छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समूहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै बागमति प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मूल्य–मान्यताविपरीत प्रतिगमन गरेको दाबी गरिन् ।

उनले प्रधानमन्त्री ओलीप्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाउँदै भनिन्, ‘केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । उहाँलाई हामीले कमरेड पनि छोड्यौं । उहाँ तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नुभयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो । ’

केन्द्रीय कमिटीमा आफुहरुसंग बहुमत रहेको दाबी गर्दै उनले ओली कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अघि बढेको आरोप लगाइन् ।

उनले भनिन्, ‘१४ बर्ष जेल बसेको रे ? तर केपी ओलीमा कम्युनिष्ट चरित्र विरोधी रुपको झल्को दिइरहेको छ । केपी ओलीमा कम्युनिष्ट सोच छैन । आदर्श छैन । मूल्य–मान्यता छैन । त्यसैले प्रतिगमनले घुँडा टेक्नुपर्छ । काठमाण्डौ तात्दै तात्दैन तर तातेपछि सेलाउँदैन ।’

प्रतिक्रिया दिनुहोस्: