birat ribon

ओली पक्षका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन नेपालको आव्हान

Neuro
ओली पक्षका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन नेपालको आव्हान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गरेका छन् ।

बुधबार नेकपा काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गरेका हुन् ।

cura insider

ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको भन्दै उनले आफूहरू पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए । पार्टीको बहुमत आफूहरूसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गरे ।

jackson ribon