birat ribon

पिएसजी र मार्सेली उपाधिका लागि भिड्दै, नेयमार टोलीमा फर्किए

Neuro
पिएसजी र मार्सेली उपाधिका लागि भिड्दै, नेयमार टोलीमा फर्किए

विराटनगर । फ्रेन्च ट्रफी डेस च्याम्पियनको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीले खेल्दैछन् । नेपाली समयानुसार राति १ः४५ बजे फाइनल खेल लेन्सस्थित स्टेड बोलार्टमा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछन् । पिएसजी ट्रफी डेस च्याम्पियनको सबैभन्दा उपाधि जित्ने टोली हो । उसले नौ पटक उपाधि जितिसकेको छ । मार्सेलीले भने तीन पटक उपाधि जितेको छ ।

cura insider

फ्रेन्च लिग वान र कोपा डी फ्रान्सका विजेता टोलीले ट्रफी डेस च्याम्पियनको उपाधिका खेल्ने गर्छन् ।

यस खेलबाट ब्राजिलिन स्टार नेयमार मैदान फर्किँदैछन् । चोटका कारण केही खेल गुमाएका उनलाई पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले टोलीमा राखेका हुन् ।

jackson ribon