Rumpum Advertisement

निर्वाचन आयोगले भन्यो : मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

निर्वाचन आयोगले भन्यो : मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रूपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रूपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।

मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताउँदै प्रमुख थपलियाले भने, ‘मतदाता नामावली ऐनअनुुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्थाअनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन गरिनेछ ।’ रासस

प्रतिक्रिया दिनुहोस्: