Rumpum Advertisement

पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरूले निर्वाचनमा जानुपर्छ : मन्त्री रायमाझी

पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरूले निर्वाचनमा जानुपर्छ : मन्त्री रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गरेका छन् ।

‘आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्छ, उहाँहरू खुसशी भएर नयाँ जनादेशमा जानुुपर्नेमा किन अप्ठेरो मानिरहनुुभएको छ ?’ उनले प्रश्न गरे ।

प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नराखेको बताउँदै उनले भने, ‘केही समयमै सत्य उजागर हुुनेछ, जनताले को देशको नायक हो भन्ने बुुझ्नेछन् ।’

उनले नाकाबन्दी र भूूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका छन् भने ।

मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुुनै विचार, राजनीति, योजना, विधि र मापदण्डका आधारमा नभई पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरामा पार्ने काम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: