birat ribon

बोक्रासहितको आलु सेवन गर्नु धेरै फाइदाजनक

Neuro
बोक्रासहितको आलु सेवन गर्नु धेरै फाइदाजनक

विराटनगर । तरकारी पकाउने बेलामा वा जहिले पनि आलुको प्रयोग गर्दा प्रायः बोक्रा हटाएर प्रयोग गरिन्छ । आलुलाई बोक्रासहित पकाउँदा पाइने फाइदाहरू थाहा नपाएको कारण बोक्रालाई सधैँझैँ ताछेर फ्याँकिने गरिन्छ ।

तर, बोक्रालाई फ्याँक्नुभन्दा पनि बोक्रासहितको आलु खानु धेरै फाइदाजनक हुन्छ । आलुको बोक्रा फाइबरमा धनी हुन्छ, जसले पाचन प्रणालीलाई बढावा दिन मद्दत गर्छ । फाइबरले पाचन प्रक्रियामा मद्दत पुर्‍याएर अपच, कब्जियतलगायतका पेटसम्बन्धी समस्या हुन दिँदैन ।

cura insider

आलुलाई बोक्रासहित सेवन गर्दा मेटाबोलिजम कायम राख्न मद्दत पुग्छ । आलुको बोक्रा मेटाबोलिज्म सच्याउन र स्नायुहरूलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ । आलुको बोक्रामा प्रशस्त मात्रामा पोटेशियम हुन्छ, जसले शरीरको रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

आलुको बोक्राको सेवनले शरीरमा खराब कोलेस्टेरोलको मात्रा घटाउन पनि मद्दत गर्छ । आलुको बोक्राको सेवनले रक्ताल्पताबाट टाढा राख्छ । आलुको बोक्रामा प्रशस्त मात्रामा हुने आइरनले एनीमियाको जोखिमलाई धेरै हदसम्म कम गर्छ ।

यसमा प्रशस्त मात्रामा भिटामिन बी पनि पाइने हुँदा यसको सेवनले शरीरलाई शक्ति प्रदान गर्छ ।

तथापि, आलुको बोक्रामा माटो टाँसिने हुँदा बोक्रासहित आलु प्रयोग गर्दा राम्रोसँग सफा गर्नुपर्छ ।

jackson ribon