Rumpum Advertisement

बेपत्ता युवकको शव खोलामा भेटियो

Neuro
बेपत्ता युवकको शव खोलामा भेटियो

विराटनगर/मङ्गलबारदेखि हराइरहेका एक युवकको शव खोलामा फेला परेको छ । मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ वर्षीय मनोज साहको शव बुधबार दिउँसो स्थानीय झर्ना खोलामा भेटिएको हो ।

सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

प्रहरीका अनुसार साह मङ्गलबार दिउँसोबाट घरदेखि बेपत्ता बनेको जानकारी परिवारका सदस्यले दिएका छन् । आफन्त र परिवारका सदस्यले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

घटनास्थल र साहको घर लगभग दुई किलोमिटरको दूरीमा रहेको जनाइएको छ । ढकालका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । शवको पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएर अनुसन्धान थालिएको ढकालले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट युवाको मृत्युको कारण खुल्न सकेन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै यकिन हुन्छ ।’