Rumpum Advertisement

सूर्य चुनाव चिन्ह आफूहरूकै हुने प्रचण्डको दाबी

Neuro
सूर्य चुनाव चिन्ह आफूहरूकै हुने प्रचण्डको दाबी

काठमाडौँ / प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरूकै हुने दाबी गरेका छन् ।

बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आधिकारी नेकपा आफूहरू भएको बताउँदै सूर्य चिन्ह आफूहरुले नपाए आँधीबेहरी आउने बताएका हुन् ।

‘निर्वाचन आयोगले विश्वास दिलाएको छ । विधिसम्मत हुन्छ, ढुक्क हुनुहोस् भन्नुभएको छ । म पनि तपाईंहहरूलाई विश्वास दिलाउन चाहन्छु सूर्य चिन्ह र पार्टीको आधिकारिक नाम हाम्रै हुनेछ’, उनले भने, ‘यदि त्यसो भएन भने यहाँ ‘कयामत’ आउँछ, आँधीहुरी, बतास आउँछ ।’