birat ribon

राष्ट्रिय परिचयपत्र वितरण सुरु

Neuro
राष्ट्रिय परिचयपत्र वितरण सुरु

महोत्तरी/महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवम् तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

cura insider

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्यलाई पनि आजै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सोमध्ये २०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजार जनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि सुरु भएको हो ।

त्यसैगरी आजदेखि विवरण सङ्कलनको काम र परिचय वितरणको काम सँगसँगै हुने प्रजिअ विमलीले बताए । राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा सय जनाको विवरण सङ्कलन हुँदै आएको छ । रासस

jackson ribon