Rumpum Advertisement

‘मेस्सी स्पेनमा मात्र उत्कृष्ट, रोनाल्डो सर्वव्यापी’

‘मेस्सी स्पेनमा मात्र उत्कृष्ट, रोनाल्डो सर्वव्यापी’

विराटनगर । इङ्ग्लिस क्लब आर्सनलका आक्रमक मिडफिल्डर मेसुट ओजिलले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो सर्वव्यापी उत्कृष्ट भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् जर्मनीका विश्वकप विजेता ओजिलले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका फरवार्ड रोनाल्डोको विषयमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

ओजिल र रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट एकसाथ तीन वर्ष खेलेका थिए । सन् २०१० मा वर्डर बर्मेनबाट बर्नाबेउ आएका ओजिलले २०१३ मा आफ्नो यात्रा क्लब आर्सनल तय गरेका थिए । रोनाल्डोले भने सन् २००९ देखि २०१८ सम्म रियलका लागि खेलेका थिए ।

त्यसबाहेक रोनाल्डोले इङ्ग्ल्याण्डमा म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट व्यवसायिक फुटबल करिअर सुरु गरेका रोनाल्डो हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका छन् ।

‘मेस्सी स्पेनका उत्कृष्ट खेलाडीमध्येका एक हुन्’, ओजिलले ट्वीटरमा मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्नको जवाफ दिँदै लेखेका छन्, ‘उनले आफूलाई स्पेनमा मात्र उत्कृष्ट सावित गरेका छन् । तर, रोनाल्डो सर्वव्यापी उत्कृष्ट हुन्, जहाँ–जहाँबाट उनले खेलेका छन् ।’

यसैगरी ओजिलले पूर्वसहकर्मी सर्जियो रामोस विश्वकै उत्कृष्ट डिफेन्डर भएको दावी गरेका छन् । ‘रामोस दशककै उत्कृष्ट डिफेन्डर हुन् । त्यसबाहेक उनी महान् नेता पनि हुन्, उनले कुनै पनि टोलीको नेतृत्त्व राम्रोसँग गर्नसक्छन्,’ उनले भने ।

https://twitter.com/MesutOzil1088/status/1349042103830118405?s=20

प्रतिक्रिया दिनुहोस्: