birat ribon

ब्राजिल परीक्षणमा चिनियाँ खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी

Neuro
ब्राजिल परीक्षणमा चिनियाँ खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी

विराटनगर/कोभिड–१९ विरुद्धको चिनियाँ खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ ।

बेइजिङको सिनोभ्याकले उत्पादन गरेको खोप (कोरोनाभ्याक) को ब्राजिलमा गरिएको परीक्षणको नतिजाले यसअघिको तथ्याङ्कभन्दा खोप एकदमै कम प्रभावकारी रहेको देखाएको हो । गत साता ब्राजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताले मध्यमदेखि गम्भीरखालका अवस्थामा खोप ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए ।

cura insider

तर, सो तथ्याङ्कमा उपचार आवश्यक नपर्नेखालका सङ्क्रमण भएका व्यक्तिको तथ्याङ्क समावेश गरिएको थिएन । सबै तथ्याङ्कलाई हेर्दा खोपको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो । बुटानटान इन्स्टिच्युटका अनुसार सो खोप उपचार आवश्यक पर्ने मध्यम सङ्क्रमणमा ७८ प्रतिशत र गम्भीर सङ्क्रमणमा शतप्रतिशत प्रभावकारी छ ।

सिनोभ्याकको खोप परीक्षण विभिन्न देशमा गरिएको थियो भने नतिजा पनि फरक देखिएको छ । गत महिना टर्कीका अध्ययनकर्ताले यो ९१.२५ प्रतिशत र इन्डोनेसियामा ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो । कुनै पनि खोप स्वीकृत हुनका लागि कम्तीमा पनि ५० प्रतिशत प्रभावकारी हुनुपर्ने हुन्छ ।

ब्रजिलमा कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक पनि एक हो ।

jackson ribon