Rumpum Advertisement

युभेन्टसलाई जेनोआको चुनौती

युभेन्टसलाई जेनोआको चुनौती

विराटनगर । कोपा इटालियामा आज राति युभेन्टस र जेनोआले खेल्दैछन् । कोपा इटालियको अन्तिम १६ को खेलअन्तर्गत हुने यो खेल नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

युभेन्टसको मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै क्वार्टरफाइनल पुग्ने दाउमा हुनेछन् ।

युभेन्टस सर्वाधिक धेरै कोपा इटालियाको उपाधि जित्ने टोली हो । उसले १३ पटक उपाधि जितेको छ ।

यस्तै आजै हुने अर्को खेलमा इन्टर मिलान र फियोरेन्टिनाले खेल्दैछन् । यो खेल फियोरेन्टिनाको मैदानमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

त्यसबाहेक नापोलीले आजै राति १०ः३० बजे इम्पोलीसँग खेल्दैछ । यो खेल नापोलीकै मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: