Rumpum Advertisement

बच्चामा हुने टाइप १ मधुमेह : सामान्य लक्षण पत्ता लगाई रोग व्यवस्थापन गर्ने तरिका

बच्चामा हुने टाइप १ मधुमेह : सामान्य लक्षण पत्ता लगाई रोग व्यवस्थापन गर्ने तरिका

विराटनगर/संसारका धेरैजसो मानिस मधुमेहबाट पीडित छन् ।

शारीरिक निस्क्रियता, खानपानमा गडबडी र जीवनशैलीका कारण उमेर बढेसँगै टाइप २ मधुमेहको जोखिम पनि बढ्दै जान्छ । तर, बच्चाहरूमा पनि टाइप १ मधुमेहको बढ्दो सङ्ख्या चिन्ताको विषय बन्दै आएको छ । टाइप १ मधुमेहले जन्मेको केही महिनामा समेत बच्चालाई असर गर्न सक्छ ।

बच्चाहरूमा हुने मधुमेहलाई जुभेनाईल डाइविटिज भनिन्छ । लक्षणहरू अन्य रोगसँग मिल्ने हुँदा बच्चाहरूमा प्रायः लामो समयसम्म पनि मधुमेह भएको पत्ता लगाउन सकिँदैन । अर्को कारण भनेको बच्चाहरूमा हुने टाइप १ मधुमेह बारेमा चेतनाको कमी हो । शरीरको प्यानक्रियाजमा रहेको बीटा कोषहरूले इन्सुलिन बनाउँछन् ।

टाइप १ मधुमेहबाट पीडित भएकामा, बीटा सेललाई आफ्नै शरीरको प्रतिरक्षा प्रणालीद्वारा नष्ट गर्ने हुन्छ, जसकारण अपर्याप्त इन्सुलिन उत्पादन हुन्छ र रगतमा चिनीको स्तरमा वृद्धि हुन्छ । केही सङ्क्रमणले पनि बीटा सेल नष्ट गर्न प्रतिरक्षा प्रणालीलाई असर गर्न सक्छ । धेरैजसो बच्चामा टाइप १ मधुमेह पत्ता लगाउन महिनौँ वा वर्षौँसमेत लाग्न सक्छ ।

यदि समस्या पत्ता लगाउन सकिएन र समयमै उपचार गरिएन भने अवस्था प्राणघातक पनि हुन सक्छ । तिर्खा बढ्ने, पिसाब गर्ने बढ्दो चाहना, स्वस्थ खाना खाएको तथा व्यायाम नगर्दा पनि थकान महसुस गरिरहेको, पातलो हुँदै जाने वा तौल घट्दै जानु टाइप १ मधुमेहको केही लक्षण हो । साथै, बच्चा चाँडै रिसाउने र धेरै भोक लाग्ने पनि अन्य सामान्य लक्षण हुन सक्छ ।

यदि यी प्रारम्भिक लक्षण हराएमा, बच्चाहरूले डायबेटिक केटोएसिडोसिस नामक समस्या विकास गर्न सक्छन्, जसमा किटोन्स रगतमा निर्माण हुन्छन् जसले बच्चालाई गम्भीर बिरामी बनाउन सक्छ । टाइप १ मधुमेहको उपचारका लागि मधुमेह विशेषज्ञ, पोषण विशेषज्ञ, मनोवैज्ञानिक र परिवारको सहयोग चाहिन्छ ।

बच्चाहरूलाई उनीहरूको गतिविधिहरू सुरक्षित रूपमा जारी राख्न रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्नुपर्छ । रगतमा चिनीको मात्रालाई कायम राख्न इन्सुलिन इन्जेक्सनको रूपमा दिइन्छ र अवस्था प्रबन्ध गर्न जीवनभर आवश्यक पर्छ । इन्सुलिनको मात्रा हालको रगतमा चिनीको स्तर, दैनिक खानामा कार्बोहाइड्रेटको सेवन र शारीरिक गतिविधिको स्तरअनुसार निर्धारण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्: