birat ribon

ओजिल टर्किस क्लब जाने सम्भावना बढ्यो

Neuro
ओजिल टर्किस क्लब जाने सम्भावना बढ्यो

विराटनगर । इङ्ग्लिस क्लब आर्सनलका आक्रमक मिडफिल्डर मेसुट ओजिल टर्किस क्लब फेनेरबाहस जाने सम्भावना बढेको छ । जर्मनीका विश्वकप विजेता ओजिल फेनेरबाहस नै जान चाहेको उनका एजेन्ट इर्कुस सगटले जनाएका छन् ।

पछिल्लो समय आर्सनलसँग रुष्ट बनेका ३२ वर्षीय ओजिल फेनेरबाहस जाने मनसायमा रहेको बताइन्छ । त्यसबाहेक उनी अमेरिकन सकर लिग क्लब डिसी युनाइटेडसँग पनि जोडिएका थिए ।

cura insider

तर, उनी टर्किस क्लब फेरेनबाहस जान सहमत भएको सगटको भनाइ छ ।

सन् २०१३ मा रियल मड्रिडबाट लण्डन आएका ओजिल केही समययता आर्सनलसँग रुष्ट बनेका छन् । मिकेल अर्टेटा नेतृत्त्वको टोलीमा उनले खासै मौका पाउन सकेका छैनन् ।

यसैले उनी आर्सनलसँगको आठ वर्षे यात्रामा बिट मार्ने योजनामा छन् । बेलायतका केही मिडियाले फेनेरबाहसँग साढे तीन वर्षे सम्झौता गर्न ओजिल सहमत भएको पनि उल्लेख गरेका छन् ।

एजेन्ट सगटका अनुसार उनी यसै महिनाभित्रमा टर्किस क्लब जानेछन् । ‘ओजिल र फेनेरबाहसले छलफल पनि गरिसकेका छन् । मलाई लाग्छ यसै महिनाभित्रमा दुई पक्षबीच सहमती बन्नेछ’, सगटले भनेका छन् ।

ओलिजले आर्सनलबाट दुई सय ५४ खेलबाट ४४ गोल तथा ७७ असिस्ट गरेका छन् ।

jackson ribon