birat ribon

लक्षण नदेखाउने सङ्क्रमितले ६० प्रतिशत सङ्क्रमण फैलाउँछन्

Neuro
लक्षण नदेखाउने सङ्क्रमितले ६० प्रतिशत सङ्क्रमण फैलाउँछन्

विराटनगर/कोभिडको सङ्क्रमित भएर लक्षण देखाउने व्यक्तिले मात्र सङ्क्रमण फैलाउन सक्ने धेरैको विश्वास छ ।

तर, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) द्वारा प्रकाशित अध्ययनअनुसार कोरोना भाइरसको ६० प्रतिशत प्रसारण कुनै लक्षण नभएको व्यक्तिबाट भइरहेको छ । कोभिडको लक्षण नभएका व्यक्तिहरूले भाइरसलाई फराकिलो र उच्च दरमा प्रसारण गरिरेको छ जसले गर्दा सङ्क्रमणलाई रोक्न अझ गाह्रो हुनसक्छ ।

cura insider

लक्षण नभएका वा एसिम्प्टोमेटिक व्यक्ति भाइरसको सम्पर्कमा आएर सङ्क्रमित भए पनि कुनै लक्षण देखाउँदैनन् । तर, उनीहरूले भाइरसलाई फैलाउन सक्छन् । कोभिडको लक्षण नभएका तर, सङ्क्रमणलाई विस्तृत दायरामा फैलाउन योगदान दिनेलाई साइलेन्ट क्यारियर भनिन्छ । कोभिडको सङ्क्रमित मानिसहरूलाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ ।

हल्का लक्षण क्यारियर : कोभिड सङ्क्रमित धेरैले हल्का लक्षण (हल्का ज्वरोदेखि हल्का खोकीसम्म) देखाउँछन् । यी लक्षणहरू प्रायः अन्य सामान्य रोगको लक्षण भएको कारण अलमलमा पार्न सक्छ, त्यसैले यसलाई बेवास्ता गरिन्छ ।

पूर्व–लक्षण क्यारियर : रोग लागेपछि पनि एक हप्तासम्म कोभिडको कुनै लक्षण नदेखाउनेलाई पूर्व–लक्षण वाहकमा व्यक्ति सम्मिलित हुन्छ । यस्ता मानिसलाई पछि गएर खोकी, ज्वरो, वा सास फेर्न गाह्रो हुन सक्छ ।

एसिम्प्टोमेटिक क्यारियर : अन्त्यमा, एसिम्प्टोमेटिक क्यारियर कोभिड कुनै सङ्केत वा लक्षण नभएको व्यक्ति हुन् । परिणामस्वरूप तिनीहरूले भाइरस धेरै मानिसहरूलाई सार्न सक्छन्, जुन भाइरसको फराकिलो विस्तारको प्रमुख कारण हुन सक्छ ।

सामान्य लक्षण देखेका जोकोही आइसोलेसनमा बस्ने वा टाढा हुने गर्छन् तर, सङ्क्रमित भएर पनि लक्षण नदेखिएको व्यक्तिको पहिचान गर्न धेरै गाह्रो हुन्छ । जसकारण आवश्यक सावधानी अपनाउनु र सामाजिक दुरी अभ्यास गर्न जारी राख्नु पर्छ । नियमित हात धुने, मास्क लगाउने र प्रायः छोइएका सतहलाई कीटाणुरहित गर्नुपर्छ ।

र, कोभिड सङ्क्रमित कसैको सम्पर्कमा आएमा १४ दिनका लागि आइसोलेसनमा बस्न र जाँच गर्न जरुरी हुन्छ ।

jackson ribon