birat ribon

विराटनगरबाट ४४ हजार बराबरको अवैध सामान बरामद

Neuro
विराटनगरबाट ४४ हजार बराबरको अवैध सामान बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ४४ हजार बराबरको अवैध सामान बरामद गरेको छ । मङ्गलबार साँझ प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको अन्दाजी ४४ हजार बराबरको सामग्री बरामद गरेको हो ।

हिजो ६ः४५ बजेतिर विराटनगर–१४ स्थित जतुवाबाट अन्दाजी १४ हजार बराबरको खाद्यान्न सामग्रीहरू बरामद गरेको थियो । प्रहरीले दुई बोरा प्याज, दुई बोरा लसुन, दुई बोरा चिनी र विभिन्न ब्राण्डको एक बोरा बिस्कुट बरामद गरेको थियो ।

cura insider

यस्तै हिजै छ बजेति विराटनगर–१७ स्थित मटेरुवामा भारतबाट अवैध रूपमा भित्र्याइएको एक सय ५० पिस अन्दाजी ३० हजार बराबरको पर्सहरू बरामद गरेको छ ।

बरामद गरिएका सबै सामान मूल भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

jackson ribon