birat ribon

ऊर्जा क्षेत्रका लागि एमसीसी पर्खनु हुँदैन : मन्त्री रायमाझी

Neuro
ऊर्जा क्षेत्रका लागि एमसीसी पर्खनु हुँदैन : मन्त्री रायमाझी

काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् ।

cura insider

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकाले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने बताए । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।

ऊर्जा मन्त्री रायमाझीले बेलाबेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण विद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेलाबेला जाने गरेको उनको भनाइ छ ।

मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्दाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको बताए । उनले मध्यावधि निर्वाचनमा जानु प्रगतिशील कदम भएको टिप्पणी गरे ।

देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्र्तविरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिए । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्र मन्त्रीस्तरीय नियमित भ्रमण रहेको बताए ।

jackson ribon