birat ribon

चिसोमा हाडजोर्नीको समस्या हुन नदिने केही टिप्स

Neuro
चिसोमा हाडजोर्नीको समस्या हुन नदिने केही टिप्स

विराटनगर/हाडजोर्नी दुख्ने समस्या विभिन्न कारण हुन सक्छन् ।

तर, अन्य समयको तुलनामा जाडोमा जोर्नीको दुखाइ बढ्ने गरेको महुसुस हुन्छ । अन्य मौसममा पनि हाडजोर्नीको समस्या नहुने होइन । तर, कुनै पनि हाडजोर्नीको समस्या चिसो बढेसँगै जोर्नीको सञ्चालनमा बाधा पुग्ने हुँदा बढ्ने हुन्छ । अन्य मौसममा दुखाइ कम मात्र हुने हुन्छ भने हरेक पटक मौसम परिवर्तन भएसँगै हाडजोर्नीको समस्या र दुखाइ पनि बढ्दै जान्छ ।

cura insider

विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. यज्ञ खरेलका अनुसार जाडोमा जोर्नीको समस्याबाट बाच्नका लागि चिसोबाट बचेर न्यानो भएर बस्नु नै सबैभन्दा महत्त्वपूर्ण उपाय हो । न्यानोपनले जोर्नीलाई सही तरिकाले सञ्चालन गराउन सहयोग गर्छ । हाडजोर्नीको समस्या हुन नदिनका लागि नियमित रुपमा सक्ने व्यायाम गर्नुपर्छ ।

जोर्नी खिइएका तथा हाडजोर्नीको समस्या भएकाले टुक्रुक्क बस्ने, पलेँटी कसेर बस्ने तथा सिढीँमा धेरै तल माथि गर्ने गर्नु हुँदैन । मदिरापान र धुम्रपानले समेत जोर्नीमा नोक्सान पुग्नसक्ने हुँदा यी कुरालाई त्याग्नु नै उचित हुन्छ । हाडजोर्नीलाई बलियो बनाउने पौष्टिक खानपानमा जोड दिनुपर्छ ।

खानापानले हाडजोर्नीका समस्यामा असर नगर्ने भए पनि युरिक एसिडलाई प्रत्यक्ष असर गर्छ ।जसले हाडजोर्नीको समस्यालाई बढावा दिने गर्छ । शरीरमा युरिक एसिडलाई नियन्त्रण गर्न गेडागुडी, रातो मासु, अमिलोको सेवन कम गर्नुपर्छ । हाडजोर्नीका कुनै पनि समस्या आएमा डाक्टरको सल्लाहविना औषधिको सेवन गर्ने, लापरवाही गर्ने गर्नु हुँदैन । समयमै डाक्टरलाई देखाई समस्याको उचित उपचार गर्नु आवश्यक हुन्छ ।

jackson ribon