birat ribon

शान्ति चोक–राम मन्दिर क्षेत्रको सडक अलपत्र, स्थानीयले ज्ञापनपत्र बुझाए

Neuro
शान्ति चोक–राम मन्दिर क्षेत्रको सडक अलपत्र, स्थानीयले ज्ञापनपत्र बुझाए

विराटनगर/विराटनगर–५ शान्ति चोकका स्थानीय आक्रोशित भएका छन् । लामो समयदेखि शान्ति चोक–राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

आक्रोशित भएका स्थानीयले ७४ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । सडक निर्माण कार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको स्थानीय प्रशन्न वैद्यले बताए ।

cura insider

उक्त सडकमा दिनहुँ सानाठूला सवारीसाधनको चाप हुने गरेको छ । तर अलपत्र छाडिएका कारण अत्यधिक धुलो उडेर वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । स्थानीयले तत्कालका लागि दिनमा तीन पटकसम्म पानी पटाउन माग गरेका छन् ।

सम्बन्धित पक्षले बेवास्ता गरेको खण्डमा ठूला गाडी प्रवेश निषेध गर्ने, बाटो अवरुद्ध गर्नुका साथै आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गर्दासमेत बेवास्ता गरेको भन्दै ज्ञापनपत्र बुझाउन बाध्य भएको स्थानीयको भनाइ छ ।

jackson ribon