birat ribon

खाना खाएपछि हिँड्नु स्वास्थ्यका फाइदाजनक

Neuro
खाना खाएपछि हिँड्नु स्वास्थ्यका फाइदाजनक

विराटनगर/हिँड्नु धेरैजसो कारणहरूले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

यसले मुटुलाई स्वस्थ राख्न, क्यालोरी जलाएर अनवश्यक बोसो पगाल्न, तौल घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न तथा मुडलाई सुधार्न मद्दत गर्छ । मानिसहरू धेरैजसो बिहान वा बेलुकाको समयमा हिँड्ने गर्छन् । तर, के खाना खाएपछि हिँड्न स्वस्थ्यका लागि लाभदायक हुन्छ ? विभिन्न अध्ययनले देखाएअनुसार खाना खाएपछि हिँड्नु पनि शरीरका लागि धेरै फाइदाजनक हुन सक्छ ।

cura insider

खाना खाएपछि केही समय हिँड्नाले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न मद्दत गर्छ । शारीरिक गतिविधि मधुमेह व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । टाइप २ मधुमेहको बिरामीहरूमा गरिएको परीक्षणले पत्ता लगाएअनुसार दिनमा एक पटक मात्र हिँड्ने मधुमेह रोगीको तुलनामा खाना खाएपछि हिँड्नेहरूको रगतमा चिनीको मात्रा कम थियो ।

व्यायामले मुटुलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा खाना खाएपछि हिँड्नु हृदयको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । दिनहुँ हिँड्ने मानिसमा अन्यको तुलनामा हृदय रोगको जोखिम कम हुन्छ । करेन्ट अपनियन अन कार्डियोलोजी नाकम जर्नलमा प्रकाशित अध्ययनअनुसार हिँड्नु हृदय स्वास्थ्य, रक्तसञ्चार र रक्तचापका लागि लाभदायक हुन्छ ।

खाना खाएपछि हिँड्नाले पाचन प्रक्रियालाई सुधार गर्न सक्छ । शारीरिक गतिविधि आन्द्रामा फ्याट, लिपिड, र ग्लुकोज मेटाबोलिज्म परिवर्तन कम गर्न मद्दत गर्छ । धेरै फाइदा हुँदाहुदै पनि खाना खाएपछि हिँड्नुका केही साइड इफेक्ट पनि छन् । खाना खानेबित्तिकै हिँड्दा पेटमा अस्वस्थता हुन सक्छ ।

खाना खानेबित्तिकै हिँड्नाले अपच, वाकवाकी लाग्ने, बान्ता हुने, पेट फुल्ने, ग्यास बन्ने, झाडापखाला हुने, तथा पेटमा दुखाइसमेत हुन सक्छ । यी समस्या उच्च कार्बोहाइड्रेट भएको खानाको सेवन वा भर्खरको खाएको खानाको पाचनमा हुने समस्याको कारणले हुने गर्छ । यस्ता समस्यालाई रोक्नका लागि खाएपछि हिँड्नुअघि कम्तिमा ३० मिनेट कुर्नुपर्छ ।

jackson ribon