birat ribon

धरानमा ‘एउटा यस्तो प्रेम कहानी’को विशेष शो

Neuro
धरानमा ‘एउटा यस्तो प्रेम कहानी’को विशेष शो

विराटनगर/लायन्स क्लब अफ धरान पञ्चकन्या र लायन्स क्लब अफ धरान जुम्बाले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को विशेष शो आयोजना गर्ने भएको छ । शो धरानस्थित गोर्खा सिनेप्लेक्समा बिहीबार (माघ १ गते) साँझ साढे पाँच बजे राखिएको छ ।

उक्त शोमा फिल्मका प्रस्तुतकर्ता तथा वरिष्ठ अभिनेता शिव श्रेष्ठको उपस्थिति रहने नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश नम्वर १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

cura insider

फिल्ममा शिव श्रेष्ठ, प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहने छ । यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् ।

कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन आफू निर्मित तथा अभिनित फिल्म माघ १ गतेबाट दर्शकलाई सुम्पिँदैछन् ।

jackson ribon