Rumpum Advertisement

आई ब्रोजलाई प्राकृतिक र दिगो तरिकाले बढाउन केही टिप्स

आई ब्रोजलाई प्राकृतिक र दिगो तरिकाले बढाउन केही टिप्स

विराटनगर/पछिल्लो समयमा ठूला र मोटो आँखी भौँ वा आई ब्रोज फेसनका रुपमा चलिरहेका छन् ।

आँखी भौंले अनुहारलाई परिभाषित गर्ने गर्छ र मोटा ब्राउजले अनुहारमा सुन्दरता थप्ने काम गर्छ । ठूला र मोटो आँखी भौँ भएकालाई खासै समस्या नभए पनि पातलो वा निकै कम आँखी भौँ हुनेहरूले गाजल, आई ब्रो जेलको प्रयोग गरेर लगायतका उत्पादन प्रयोग गरेर आई ब्रोजलाई मोटो र ठूलो देखाउने गरिरहेका हुन्छन् । जुन अप्राकृतिक देखिन सक्छ ।

साथै, हरेक समय तथा हरेक ठाउँ जानका लागि आई ब्रो कोर्न सकिँदैन वा जहिले समय पनि भइरहेको नहुन सक्छ । त्यसैले, आई ब्रोजलाई प्राकृतिक र दिगो तरिकाले बढाउनतर्फ ध्यान दिनुपर्छ । आई ब्रोजलाई प्राकृतिक र दिगो तरिकाले बढाउनका लागि सबभन्दा पहिले आफ्नो आँखी भौंलाई ओभरप्लक (धेरै पटक निकाल्ने) गर्नु हुँदैन ।

अत्यधिक प्लकिङ र व्याक्सिङ गरेको कारण पनि आई ब्रोको कपाल बढ्नबाट रोक्न सक्छ । भौं दुईदेखि तीन महिनाको चक्रमा बढ्छ, त्यसैले केही महिनाको आई ब्रोज नमिलाउँदा वा प्लक नगर्दा वास्तवमा धेरै फरक देखिन सक्छ । साथै, आफ्नो ब्रोजको क्षेत्रलाई सधै हाइड्रेटेड र पोषित राख्नु आवश्यक हुन्छ । मोइश्चराइजरलाई लक गर्नका लागि पेट्रोलियम जेलीको प्रयोग गर्न सकिन्छ ।

दिनको दुईदेखि तीन पटक कपालको वृद्धिलाई बढाउनका लागि मोइश्चराइजर लगाउन सकिन्छ । साथै, जसरी तेलले कपाल वृद्धिका लागि काम गर्छ, त्यसरी नै तेलले भौंका लागि पनि उस्तै काम गर्न सक्छ । भौँको कपालको विकासलाई बढाउनका लागि क्यास्टर, जैतुन वा नरिवलको तेल प्रयोग गर्न सकिन्छ । तेललाई सानो कपासमा डुबाएर सुत्नअघि बिस्तारै मालिस गर्न सकिन्छ ।

त्यस्तै, भौँको कपालको विकासका लागि अण्डाको सेतो भाग पनि प्रयोग गर्न सकिन्छ । अण्डामा प्रोटिन हुन्छ, जसले कपालको वृद्धिलाई मद्दत गर्छ र कपालको फलिकल्सलाई पोषण प्रदान गर्ने काम गर्छ । अलिकति अण्डाको सेतो भागलाई मज्जाले फिटेर कपासको सहयताले हप्तामा एक पटक २० मिनेटका लागि प्रयोग गरेर पखाल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: