Rumpum Advertisement

विजयको ‘मास्टर’ लाई ९.७ रेटिङ

विजयको ‘मास्टर’ लाई ९.७ रेटिङ

विराटनगर/बहुप्रतिक्षित तमिल फिल्म ‘मास्टर’ लाई दर्शकले रुचाएका छन् । फिल्मको तमिल र तेलुगु संस्करण बुधबार (जनवरी १३, २०२१) रिलिज भएको हो । सोमबारदेखि प्रिबुकिङ सुरु भएको फिल्म ‘मास्टर’को टिकट लिन दर्शकको भिडले पनि फिल्मप्रति दर्शकको क्रेजलाई दर्साउँछ ।

फिल्मले आईएमडिबी रेटिङअन्तर्गत ९.७ को रेटिङ हासिल गरेको छ । सङ्क्रान्तिको अवसर पारेर फिल्मको हिन्दी संस्करण बिहीबर (जनवरी १४, २०२१) रिलिज हुँदैछ । तमिल र तेलुगु संस्करणको समीक्षा हेरेपीछ हिन्दी दर्शक फिल्मलाई हेर्न उत्साहित छन् ।

लोकेश कनागराजको निर्देशन रहेको ‘मास्टर’ को हिन्दी नाम ‘विजय–दी मास्टर’ राखिएको छ । फिल्ममा थलपति विजय र विजय सेतुपथी मुख्य भूमिकामा छन् । दक्षिण भारतमा सङ्क्रान्तिको छुट्टी १३ जनवरीमा परेका कारण फिल्मलाई हिन्दी संस्करणभन्दा एक दिन अगाडि रिलिज गरिएको निर्माण टिम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: