Rumpum Advertisement

पिम्पल्स हटाउनका लागि टुथपेस्ट लगाउनु सुरक्षित समाधान होइन

पिम्पल्स हटाउनका लागि टुथपेस्ट लगाउनु सुरक्षित समाधान होइन

विराटनगर/अनुहारमा पिम्पल्सको कुरा आउँदा, टुथपेस्ट प्रयोग गर्नु सबैभन्दा धेरै प्रयोग हुने सामान्य ब्युटी ह्याकमध्ये एक हो, जसको बारेमा हामीले सुनेका वा इन्टरनेटमा देखेका छौँ ।

पिम्पल्समा टुथपेस्ट लगाउनु सबैभन्दा धेरै प्रयोग गरिएको वा परीक्षण गरिएको घरेलू उपचारमध्ये एक हो । दाँतको सरसफाइका लागि प्रयोग हुने टुथपेस्टमा बेकिङ सोडा, हाइड्रोजन पेरोक्साइड, अल्कोहल जस्ता सामग्री हुन्छन् जसले पिम्पल्सलाई सुकाउन मद्दत गर्छ । टुथपेस्टमा प्रयोग हुने ट्राइक्लोस्यान नामक तत्वले छालामा पिम्पल्स पैदा गर्ने ब्याक्टेरियालाई मार्छ ।

यसले तत्काल पिम्पलमा काम गर्छ र छिटो समयमा पिम्पल्स हटेको परिणाम दिन्छ । जसकारण यो तरिका धेरैका लागि आशाजनक र सजिलो लाग्छ । तर, यो घरेलु उपचारले छाला पोल्नेदेखि छालामा विभिन्न समस्या निम्त्याउन सक्छ । गुगल र युट्युबमा देखाएजस्तै पिम्पल्स हटाउनका लागि पिम्पल्समाथि वा अनुहारमा टुथपेस्ट लगाउनु सुरक्षित समाधान होइन ।

टुथपेस्ट दाँतको लागि बनेको हो, जसको अर्थ यसमा भएका तत्व बढी र छालाका लागि कठोर हुन्छ । त्यसैले टुथपेस्टको प्रयोग गर्दा अनुहार पोलेको, चिलाएको जस्तो महसुस हुन्छ । ठूला पिम्पल्स आउँदा टुथपेस्ट लगाउनाले तुरून्त आकार घटाएको जस्तो देखाउन सक्छ । तर यसले छालालाई एकदम सुक्खा बनाउँछ ।

यदि पिम्पल्स धेरै आइरहने छाला हो भने, टुथपेस्टको प्रयोगले छालामा अत्यधिक जलन, चिलाउने र ड्राइनेसको साथ अझ बढी नदेखिने खल्को तर, पीडादायी पिम्पल्स निम्त्याउन सक्छ । खराब अवस्थामा, पिम्पल्समा टुथपेस्टको प्रयोग गर्नाले दागहरू पनि निम्त्याउन सक्छ । ती ठूलो रातो पिम्पलका लागि टुथपेस्टले धेरै जलनको उत्तेजना निम्त्याउँछ, जसले अन्ततः पिम्पललाई सुकाउँछ । तर, यसले कहिलेकाहीँ अनुहार कुरूप देख्ने गरी पिल्पल्सको दाग छोड्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्: