Rumpum Advertisement

चोर–चोर मौसेरे भाइ !

चोर–चोर मौसेरे भाइ !

ओल्बाको कुरा सुनेर कन्टिर–बाबू एउटा हिन्दी गीतको लाइन गुनगुनाउँछन्– … मतलब निकल गया तो पहचानते नही !

प्रचण्ड–ओल्बा सम्बन्धको मूल्याङ्कन प्रयत्न गरिरहेका कन्टिर–बाबूले अस्ति ओल्बाले ‘जनयुद्ध कुहिएको फर्सी हो,’ भनेको सुने । ओल्बाको यो भनाइ सरासर महान् किसिमको गलत हो । हिजो प्रचण्डसँग चोचोमोचो मिलाउँदै गर्दा, अभूतपूर्व भनी एकताको ढोल पिट्दै गर्दा जनयुद्ध महान् तथा गौरवशाली भनी स्वीकारेकाले अहिले त्यसलाई कसरी कुहिएको फर्सीसँग तुलना गर्न सकेका ?

तैट्, यो त हद हो नि ! निकृष्टतायुक्त अपमानको पनि हद हुन्छ नि यार !
ओल्बाले यसो भन्दै गर्दा, अहिले उनकै पक्षमा रहेका तर विगतमा जनयुद्ध सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका, बादल, प्रभु, टोप र भट्टजीहरूले कसरी सहन सकेका ?

बूढापाका भन्छन्– रगत पानी बनेपछि केही आशा गर्न सकिन्न … हो रहेछ । ओल्बाले भनेजस्तै जनयुद्ध गलत थियो भने अहिले प्रचण्डबाट ओल्बामा मिसिएका सबैले आत्मालोचना गरी प्रत्येक नेपालीसँग माफी माग्नु पर्‍यो, होइन जनयुद्ध ठीक थियो भने यिनले ओल्बालाई जबाफ फर्काउनुपर्‍यो ।

तर सम्बन्धितहरूबाट अपेक्षित जबाफ आउने आशा कमै छ । कारण चोर–चोर मौसेरे भाइ हुन्छन् भन्ने फकडा कन्टिर–बाबूले सानैदेखि सुन्दै आएका हुन् ।

यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू झोक्किँदै भन्छन्– अरे यार ! राजनीतिका नाममा, पद र पैसाका लागि जेपिटी गर्ने ?

प्रतिक्रिया दिनुहोस्: