Rumpum Advertisement

चिकित्सक सङ्घ कोसीको चुनाव : डाक्टर श्रेष्ठ र शिलवालको प्यानल मैदानमा

चिकित्सक सङ्घ कोसीको चुनाव : डाक्टर श्रेष्ठ र शिलवालको प्यानल मैदानमा

विराटनगर/नेपाल चिकित्सक सङ्घ कोसीको आगामी नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि डाक्टर कैलाशकुमार श्रेष्ठ र डाक्टर फरवार्ड सिलवालको टोली चुनावी मैदानमा उत्रिएको हो ।

आगामी आइतबार र सोमबार नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । सोमबार र मङ्गलबार मनोनयन दर्ता गराएका दुवै समूह चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

डा. श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्ष डा. सञ्जीवकुमार ठाकुर, उपाध्यक्ष डा. बालकृष्ण साह, महासचिवमा डा. रविनराज सिंह, सहसचिवमा डा. धीरज सिंह, कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा. सरवेसकुमार झाले मनोनियन दर्ता गराएका छन् ।

डा. रोशन खड्का, पल्बी झा, दीपेन्द्र नौलाखा, निशा अधिकारी, राजेश्वर यादव र अभिषेक चौधरीले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. नवीन कर्ण, उपाध्यक्षमा डा. यज्ञराज खरेल, महासचिवमा राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा. सिलवन्तसेन श्रीवास्तव, सहसचिवमा डा. सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा. जुविन सिलवालले उम्मेद्वारी दर्ता गराएका छन् ।

सदस्यमा डाक्टरहरु अन्जु देव, अमरकुमार यादव, पार्थ गुरागाईं, अमरेन्द्रकुमार महतो, प्रेरणा दाहाल र कृष्णप्रसाद नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचित पदाधिकारीहरुको तीन वर्षको कार्यकाल हुनेछ । दुबै समूहले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: