birat ribon

प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Neuro
प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) प्रदेश १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाकाअनुसार मौसममा आएको सामान्य बदलीसँगै यी दुई प्रदेशका एक वा दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भाना रहेको हो । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागमा हुस्सु र कुहिरो लागेको जनाइएको छ।

cura insider

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहनेछ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।

jackson ribon