Rumpum Advertisement

अमेरिकाको वासिङ्टनमा सङ्कटकालको घोषणा

Neuro
अमेरिकाको वासिङ्टनमा सङ्कटकालको घोषणा

विराटनगर । अमेरिकामा सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टन डिसीमा सङ्कटकाल लगाएका हुन् ।

आफूविरुद्ध अमेरिकी संसदमा महाअभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले अचानक सङ्कटकाल लगाएपछि चौतर्फी रुपमा चासो र चिन्ता बढेको छ । ट्रम्पले जनवरी ११ देखि २४ सम्मका लागि उक्त सङ्कटकाल लगाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदैछन्। सङ्कटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालिएको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले सङ्कटकाल लगाउनु परेको जनाइएको छ।

ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। यससँगै बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।

गत साता ट्रम्पका समर्थकले क्यापिटल बिल्डिङ (अमेरिकी संसद् भवन)मा हमला गरेका थिए । त्यसपछि भएको हिंसामा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो। सङ्कटकालीन अवस्थामा उचित सहयोग पुर्‍याउन सहज हुने ह्वाइट हाउसको कथन छ। जनधन र सार्वजनिक स्वास्थ्य एवं सुरक्षाका लागि यो नै उचित उपाय भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्: