birat ribon

कानेपोखरीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Neuro
कानेपोखरीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ मा मंगलबारसाँझ भएको दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जहदा मोडस्थित कानेपोखरी–रंगेली सडक खण्डमा रंगेलीतर्फ जाँदै गरेको को १ त ६९९७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको को १७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङको ज्यान गएको हो ।

cura insider

प्रहरीकाअनुसार दुर्घटनामा परेर घाइते भएका रोशनको उपचारका क्रममा पथरी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको छ । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३७ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् । उनको पथरी अस्पतालमै उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon