Rumpum Advertisement

फाइनल प्रवेशका लागि बार्सिलोना र सोसिडाड भिड्दै

Neuro
फाइनल प्रवेशका लागि बार्सिलोना र सोसिडाड भिड्दै

विराटनगर । स्पेनिस सुपर लिगअन्तर्गत आज बार्सिलोना र रियल सोसिडाडले खेल्दैछन् । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने सुपरकोपा डी स्पानाको सेमिफाइनलमा यी दुई टोली आमने–सामने हुन लागेका हुन् ।

स्पेनस्थित अर्चेन्जल स्टेडियममा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जि निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछन् । बार्सिलोना सर्वाधिक धेरै पटक सुपर कपको उपाधि जित्ने टोली हो । उसले हालसम्म १३ पटक उपाधि जितेको छ ।

आजको खेलमा जित निकाल्ने टोलीले रियल मड्रिड र एथ्लेटिक क्लबको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रियल र बिल्बाओले खेल्न लागेका हुन् ।

सुपर कपको फाइनल खेल १७ जनवरीमा हुनेछ ।