Rumpum Advertisement

अमेरिकामा एकै दिन तीन हजार सात सय सङ्क्रमितको मृत्यु

Neuro
अमेरिकामा एकै दिन तीन हजार सात सय सङ्क्रमितको मृत्यु

विराटनगर । अमेरिकामा कोरोना भाइरस सङ्क्रमित तीन हजार सात सय एक जनाको एकै दिनमा मृत्यु भएको छ ।

२४ घण्टाभित्र अमेरिकामा ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या केही समययताकै उच्च हो । यसअघि एकै दिन तीन हजार पाँच सय जनासम्मको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण तीन लाख ८९ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म दुई करोड ३३ लाख ४० हजार सात सय ४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार छ सय ४० जना नयाँ बिरामी थपिए । एक करोड ३७ लाख ९४ हजार एक सय ९४ जना उपचारपछि निको भएका छन् ।

९१ लाख ५७ हजार पाँच सय नौ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये २८ हजार आठ सय ५३ जनाको अवस्था चिन्ताजनक छ । अमेरिका विश्वमा कोरोनाबाट प्रभावित हुनेमध्ये पहिलो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन एक सय ७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार पाँच सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ९८ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड चार लाख ९४ हजार आठ सय ११ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड एक लाख २६ हजार नौ सय १३ जना उपचारपछि निको भएका छन् । दुई लाख १६ हजार तीन सय ५६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन एक हजार एक सय नौ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख चार हजार सात सय २६ पुगेको छ । २४ घण्टाभित्र ६१ हजार आठ सय चार जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ८१ लाख ९५ हजार छ सय ३७ पुगेको छ ।

सङ्क्रमितमध्ये ७२ लाख ७३ हजार सात सय सात जना उपचारपछि निको भएका छन् । सात लाख १७ हजार दुई सय चार जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र १५ हजार १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या १९ लाख ६७ हजार नौ सय २८ पुगेको छ । एकै दिन छ लाख २८ हजार पाँच सय ७७ नयाँ बिरामी थपिए । जम्मा सङ्क्रमित सङ्ख्या नौ करोड १९ लाख ५४ हजार २८ पुगेको छ ।

सङ्क्रमितमध्ये छ करोड ५७ लाख ७९ हजार दुई सय ३५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड ४२ लाख छ हजार आठ सय ६५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये एक लाख नौ सय सात सय २० जनाको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया दिनुहोस्: