birat ribon

सेभिल्लामाथि एथ्लेटिकोको सहज जित

Neuro
सेभिल्लामाथि एथ्लेटिकोको सहज जित

विराटनगर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले सेभिल्लामाथि जित दर्ता गरेको छ । मङ्गलबार राति भएको खेलमा एथ्लेटिकोले सेभिल्लालाई २–० गोलले हराएको हो ।

घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेर्रा र साउल निगुएजले समान एक–एक गोल गरे । सत्रौं मिनेटमा कोरेर्राले गोल गरेपछि एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो ।

cura insider

७६औं मिनेटमा निगुएजले गोल गरेपछि एथ्लेटिको २–० गोलले विजयी भयो ।

Image

यस खेलमा बार्सिलोनाका पूर्व–खेलाडीद्वय लुइस स्वारेज र इभान राकिटिक आमने–सामने भएका थिए । केही समयअघि स्वारेज एथ्लेटिकोमा अनुबन्ध भएका हुन् भने राकिटिक सेभिल्ला फर्किएका हुन् ।

जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले १६ खेलमा ४१ अङ्क जोडेको छ । १७ खेल खेलेको सेभिल्ला भने ३० अङ्कसहित छैटौं स्थानमा छ ।

jackson ribon