birat ribon

एभर्टनले वुल्भ्सलाई हरायो

Neuro
एभर्टनले वुल्भ्सलाई हरायो

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा एभर्टनले वुल्भ्समाथि जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा एभर्टनले वुल्भ्सलाई २–१ गोलले हराएको हो ।

वुल्भ्सको मैदानमा एभर्टनले सुरुआती अग्रता बनाएको थियो । छैटौं मिनेटमा एलेक्स लोबीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । १४औं मिनेटमा रुबेन नेभ्सले गोल गर्दै वुल्भ्सलाई बराबरीमा फर्काए ।

cura insider

७७औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनको जित सुनिश्चित गरे ।

जितसँगै एभर्टन चौथो स्थानमा उक्लिएको छ । उसले १७ खेलमा ३२ अङ्क जोडेको छ । पराजित वुल्भ्स भने २२ अङ्कका साथ १४औं स्थानमा छ ।

jackson ribon