Rumpum Advertisement

लिभरपुललाई उछिन्दै युनाइटेड शीर्ष स्थानमा

लिभरपुललाई उछिन्दै युनाइटेड शीर्ष स्थानमा

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । मङ्गलबार राति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो ।

Image

बर्नलीको मैदानमा युनाइटेडलाई जिताउन पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७१औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई जिताए ।

जितसँगै युनाइटेडले १७ खेलमा ३६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो । समान १७ खेल खेलेको लिभरपुल ३३ अङ्कका साथ दोस्रो स्थानमा छ । बर्नली भने १६ अङ्कका साथ १६औं स्थानमा छ ।

Image

प्रतिक्रिया दिनुहोस्: