Rumpum Advertisement

अगुएरोले ब्राइटनसँगको खेल गुमाउने

Neuro
अगुएरोले ब्राइटनसँगको खेल गुमाउने

विराटनगर । इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार सर्जियो अगुएरोले बुधबार राति हुने ब्राइटनसँगको खेल गुमाउने भएका छन् । प्रशिक्षक पेप ग्वार्डीओलाले अगुएरोले प्रिमियर लिगअन्तर्गत हुने ब्राइटनसँगको खेल गुमाउने पुष्टि गरेका हुन् ।

अर्जेन्टिनी स्ट्राइकर अगुएरोले आइतबार राति भएको एफए कपअन्तर्गत तेस्रो चरणको खेल पनि गुमाएका थिए । कोरोना सङ्क्रमित खेलाडीको कन्टाक्ट ट्रेसिङमा परेर आइसोलेशन बस्नुपरेका कारण उनले बर्मिन्घमसँगको खेल गुमाएका थिए ।

उनले अझै आइसोलेशन बस्न्ुपर्ने उल्लेख गर्दै ग्वार्डीओलाले भने, ‘आइसोलेशनमाको नियमअनुसार उनले नौ वा दस दिन बस्नुपर्नेछ, त्यसपछि मात्र उनी मैदान फर्किन्छन् । उनले कमसेकम ब्राइटनसँगको खेल गुमाउनेछन् । हाल उनलाई आरामको जरुरत छ ।’

प्रतिक्रिया दिनुहोस्: