Rumpum Advertisement

उपप्रधानमन्त्री पोखरेल भन्छन् : नेकपा फुटेको छैन

उपप्रधानमन्त्री पोखरेल भन्छन् : नेकपा फुटेको छैन

सर्लाही । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटेको बताएका छन् ।

नेकपा सचिवालय सदस्य पोखरेलले नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजित एक कार्यक्रमका क्रममा आफूहरूले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए ।

उनले तत्कालीन एमाले र माओवादीबीच एकताको सुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको जनाउँदै पार्टी कानुनी रूपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: