birat ribon

राजनीतिक स्थायित्व र विकासका ओलीको पक्षमा उभिन आव्हान

Neuro
राजनीतिक स्थायित्व र विकासका ओलीको पक्षमा उभिन आव्हान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पूर्ण खेलाडीहरूलाई आव्हन गरेका छन् ।

ललितपुरमा मङ्गलबार आयोजित अखिल नेपाल खेलकुद महासङ्घको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभिन खेलाडीहरूलाई आव्हान गरेका हुन् ।

cura insider

उनले प्रचण्ड–नेपाल समूहलाई गुटको संज्ञा दिँदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिए ।
उनले जनसङ्गठनहरू पनि विभाजित भएको अवस्थामा प्रचण्ड–नेपालले नेतृत्व गरेको गुटमा नभई ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आव्हान गरे ।

मुलुकमा अस्थिरता चाहनेहरू र एकाता र स्थिरता चाहनेहरू विभाजित भएको र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरू स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए । साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उनले बताए ।

jackson ribon