birat ribon

हृदयघात हुनसक्ने विभिन्न कारण, यस्ता लक्षण देखिए सतर्क रहन आवश्यक

Neuro
हृदयघात हुनसक्ने विभिन्न कारण, यस्ता लक्षण देखिए सतर्क रहन आवश्यक

विराटनगर । कोरोना सङ्क्रमण भएका धेरै व्यक्तिमा हृदयघातको कारण आफ्नो ज्यान गुमाइरहेको पाइन्छ । ४० देखि ४५ उमेर भएका मानिसमा समेत हृदयघातको कारण मृत्यु भएको छ । हृदयघात विभिन्न कारणले हुनेगर्छ । हृदयघात हुने केहि कारण र हुनुअगाडि देखिने लक्षण यसप्रकार छन्ः

-उच्च रक्तचापः हृदय रोग हुनसक्ने सबैभन्दा सामान्य कारण उच्च रक्तचाप हो । रगतले रक्त नलीहरूको भित्तामा विशेष दवाव दिन्छ, जसलाई रक्तचाप भनेर चिनिन्छ । धेरै अवस्थामा, यो दवाव उच्च हुन सक्ने हुँदा यसले शरीरका अङ्गमा हानी गर्छ । यो धमनीमा रक्त प्रवाहको मात्रा बढ्ने वा धमनीको आकार घट्ने कारणले हुन सक्छ ।

cura insider

उच्च रक्तचापका कारण हुने हृदयघातका कुनै खास लक्षण छैनन् । तर, केही बिरामीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने र नाकबाट रगत बग्ने हुनसक्छ ।

-कोरोनरी हृदय रोगः कोरोनरी हृदय रोग वा सिएचडी मुटुमा रगत पठाउँने धमनीमा असर पर्ने अवस्था हो । विभिन्न कारणले गर्दा, रगतको नली अवरुद्ध भएको कारण मुटुमा चाहिने अक्सिजन र रगतको मात्रा पुग्दैन । परिणामस्वरूप कोषले पर्याप्त अक्सिजन नपाउने र शरीरमा रगतको आपूर्ति नहुने हुँदा कोषहरू केही मिनेटमा मर्न थाल्छन् ।

यस रोगको सबैभन्दा सामान्य जटिलतामध्ये एक मायोकार्डियल इन्फ्रक्शन हो, जसलाई हार्टअट्याकको रूपमा पनि चिनिन्छ । कोरोनरी हृदय रोगको मुख्य लक्षण एनजाइना पेक्टोरिस वा छातीको दुखाई हो । धेरैजसो केसमा यो छिटो शारीरिक गतिविधि पछि देखा पर्छ, छातीको बीचमा दुखाई, दिनचर्यामा अवरुद्ध गर्न सक्छ तर केही मिनेट आराम गरेपछि प्रायः हराएर जान्छ । थकान, सास फेर्न गाह्रो हुने, शारीरिक कमजोरी, टाउको दुखाई, रिङ्गटा लाग्नु रोगको मुख्य लक्षण हो ।

-हार्ट फेलियरः हृदय रोगको सबैभन्दा गम्भीर प्रकारमध्ये एक हार्ट फेलियर वा मुटुको विफलता हो । यो डायग्नोस्टिक सिन्ड्रोम हो जसमा मुटुले प्रभावकारी रूपमा रगतलाई पम्प गर्न सक्षम हुँदैन । सामान्यतया, हार्ट फेल भएको बेला मुटुको मांसपेशी धेरै कमजोर हुन्छ । जसकारण सही सङ्कुचन हुँदैन, संरचना वा कार्यमा धेरै परिवर्तन आउँछ र हार्ट फेल हुनसक्छ ।

वास्तवमा यो समस्या केही हृदय रोगको अन्तिम चरण हो । सास फेर्न गाह्रो हुने, पल्टँदा सास फेर्न नसक्ने, खोक्दा गुलाबी रङ्गको खकार आउने, तल्लो अङ्गहरू सुन्निने तथा थकान हर्ट फेलियर हुनु अगाडि देकिने केही सङ्केत हुन् ।

-जन्मजात हृदय रोगः जन्मजात हृदय रोग वा कन्जिनेटल हर्ट डिजिज । यो बच्चामा हुने हृदय समस्याको सबैभन्दा सामान्य कारण मध्ये एक हो । जन्मजात हुने समस्याका कारण मुटुमा संरचनात्मक समस्या हुन्छ । जन्मजात हृदय रोगको लक्षण सामान्यतया जन्मपछि सरुको केही दिनहरूमा देखा पर्छ ।

छिटो सास फेर्ने, ओठको रङ्ग निलो वा बैजनी हुने, खुवाउन कठिनाई हुने तथा शारीरिक विकासमा समस्या देखापर्न सकक्छ । जन्मजात विकृतिसहित जन्मेकाहरू वयस्क भएपछि पनि एरिथमिया, सास फेर्न गाह्रो हुने, छालामा समस्या, कमजोरी, थकान, र तल्लो अङ्ग सुन्निने समस्याबाट ग्रस्त हुन्छन् ।

-र्‍युम्याटिक हृदय रोगः र्‍युम्याटिक हृदय रोग वा र्‍युम्याटिक हर्ट डिजिज जसमा विभिन्न प्रणालीगत रोगहरूले मुटुलाई असर गर्न सक्छ । यो र्‍युम्याटिक फिभरका कारणले गर्दा पनि हुनसक्छ । यो एक प्रकारको हृदय रोग हो, जुन स्ट्याफाईलोकोकस (स्ट्याफाइलोकोकसको स्ट्रेन) को कारणले उत्पन्न हुन्छ जसले कनेक्टिभ टिश्युलाई आक्रमण गर्छ र स्वचालित प्रतिरक्षा प्रतिक्रियाको कारण बन्छ ।

यसले मुटुको मांसपेशी तथा भल्भलाई असर गर्छ र ठूलो क्षति पुर्‍याउँछ । क्षतिहरू धेरै गम्भीर हुनसक्ने हुँदा यसले हार्ट फेल गर्नुका साथै मानिसको मृत्युसमेत निम्त्याउन सक्छ । १०१ डिग्रीभन्दा नबढ्ने ज्वरो, मांसपेशी र जोर्नीको दुखाई, सामान्य कमजोरी, बान्ता, अर्ताराइटिस (बाथ) र्‍युम्याटिक हृदय रोगका केही लक्षण हुन् ।

-कार्डियोमायोप्याथीः कार्डियोमायोप्याथी एक हृदय रोग हो, जसले मुटुको मांसपेशीमा असर गर्छ । यसले मुटुको मांसपेशी बनाउने कोषिकाको आकार र वितरणलाई परिमार्जन गर्छ । जसकारण, हृदयमा परिवर्तन हुन्छ । हृदयमा परिवर्तन भएपछि यसले गर्नुपर्ने कार्यमा बाधा पुग्नुका साथै प्रभावित हुन्छ ।

शारीरिक गतिविधिपछि सास फेर्न गाह्रो हुने, तल्लो अङ्गहरू सुन्निने, थकान, मुटुको धड्कन तेज हुने, मन शान्त नहुने, रिङ्गटा लाग्ने तथा बेहोश हुनु कार्डियोमायोप्याथीका केही लक्षण हुन् । जन्मजात हृदय रोगलगायत केही हृदय रोगमा शल्यक्रिया गर्न आवश्यक हुन्छ ।

jackson ribon