Rumpum Advertisement

महिला भलिबल टोलीलाई ‘टिम अफ द इयर’ अवार्ड

महिला भलिबल टोलीलाई ‘टिम अफ द इयर’ अवार्ड

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीले ‘टिम अफ द इयर’ को अवार्ड पाएको छ । मङ्गगलबार १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा महिला भलिबल टोलीलाई उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।

ललितपुरको सातदोबाटोस्थित कराँते हलमा महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो । भलिबल टोलीले १३औं सागमा रजत पदक जितेको थियो । २०७६ को कात्तिकमा बङ्गलादेशमा आयोजित एसियाली सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्: