birat ribon

जापानमा बाक्लो हिमपातमा परेर १३ जनाको मृत्यु

Neuro
जापानमा बाक्लो हिमपातमा परेर १३ जनाको मृत्यु

विराटनगर । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार बाक्लो हिमपातमा परेर १३ जनाको मृत्यु भएको र दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ ।

फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको र हिउँसँग सम्बन्धित दुर्घटनामा ४७ जना घाइते भएको जनाइएको छ ।

cura insider

नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ ।

जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रमा मङ्गलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ ।रासस

jackson ribon