Rumpum Advertisement

सञ्चारमन्त्री गुरुङ भन्छन् : अहिले पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था छ

सञ्चारमन्त्री गुरुङ भन्छन् : अहिले पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा मङ्गलबार पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरे ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यवस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेको बताए । अहिले पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको बताए ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि सञ्चार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्: