Rumpum Advertisement

चार हजार आठ परीक्षण गर्दा चार सय ३० जनामा कोरोना पुष्टि

चार हजार आठ परीक्षण गर्दा चार सय ३० जनामा कोरोना पुष्टि

विराटनगर । देशभर थप चार सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा देशभर थप चार हजार आठ परीक्षण गर्दा चार सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार छ सय ९८ पुगेको छ । हाल चार हजार चार सय आठ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन सय ९० जना सङ्क्रमित निको भएर घर फर्किएको जनाएको छ । हालसम्म दुई लाख ५९ हजार तीन सय ५८ जना निको भइसकेका छन् ।

यस्तै आज थप पाँच जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: