Rumpum Advertisement

फिरङ्गी चिन्तनले जन्माएको भ्रष्टतामाझ दिव्य-उपदेशको सम्झना

बहादुर पुर्खाको फितलो मूल्याङ्कन !

फिरङ्गी चिन्तनले जन्माएको भ्रष्टतामाझ दिव्य-उपदेशको सम्झनाबहादुर पुर्खाको फितलो मूल्याङ्कन !
सुमन बराल

बाइसे चौबीसे लगायत साना टुक्रे राज्यहरूलाइ एकिकरण गरेर सिङ्गो नेपाल बनाइ बिश्वमा हामिलाइ नेपाली भनेर चिनाउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न राजावादी हुनैपर्छ भन्ने छैन । आफ्नो देश नेपाल र नेपाली भएकोमा गर्व गर्ने कसैले पनि कम्तीमा पृथ्वीनारायण शाहको अपमान गर्न सक्दैनन् ।

तथापि लामो समयदेखि पृथ्वीनारायण शाहका पक्ष–विपक्षमा विभिन्न बहसहरू सतहमा छन् । भगवान्ले नेपाल बनाउनका लागि पृथ्वीमा पठाएका महामानव हुन् पृथ्वीनारायण, उनी विष्णु भगवान्कै अवतार हुन् भन्नेहरू एकापट्टि छन् । अर्कोपट्टि पृथ्वीनारायण शाह हत्यारा र अत्याचारी हुन्, उनले अन्य जात–जातिका भाषा–संस्कृति अतिक्रमण गरे, खस एकल जातीय पहिचान थोपरे भन्ने छन् । तर यी दुवै तर्क धरातलीय यथार्थभन्दा बढी अज्ञानता र अतिवादका उपज हुन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको नभई आफ्नो राज्यमात्रै विस्तार गरेको हुन् भन्नेहरू पनि छन् । तर यो कुतर्क असाध्यै हास्यास्पद लाग्छ । यस्तो कुतर्क गर्नेले आफ्नो जन्मदातालाई ‘खासमा तिमीहरूले मलाई जन्माउन खोजेका थिएनौ, तिमीहरूको समागमको प्राकृतिक कारणले मेरो जन्म आफैँ भएको हो !’ भन्न भने सक्दैनन् ।

नेपालबाट इसाई, तत्कालीन भाषामा फिरङ्गीहरूलाई देश निकाला गरेपछि त्यसबाट क्षुब्ध, आक्रोसित फादर गुस्सेपेले पृथ्वीनारायाण शाहको बदनाम गर्न किताब लेखेर तिल जत्रो घटनालाई नरिबल जत्रो पारेको तथ्य गुगल सर्च गर्दा सजिलै भेटिन्छ ।

पृथ्वीनारायण शाहले धेरैको हत्या गरे, छल गरे त्यसैले उनी आलोचनायोग्य छन् भन्ने तर्कमा पूर्ण असहमत हुन सकिँदैन । तर विश्वमा कुनै पनि देश चिठ्ठा भरेर पाइँदैन, कसैले आफ्नो ठाउँ, शासन ‘ला लैजा’ भनेर त्वम्शरणम् गर्दैन । युद्ध नै एकमात्र उपाय थियो राज्य विस्तारको, त्यो बेला र अहिले पनि । पृथ्वीनारायण शाहले युद्ध हारेको भए उनको हत्या नै हुन्थ्यो । युद्धमा हुँदा पटक–पटक उनलाई मारिनबाट बहादुर सिपाही, सेनापतिहरूले बचाएका थिए, आफू मरेर भए पनि ।

त्यो बेला पृथ्वीनारायण शाहको उदय नभएको भए कुनै अर्को शासकले आफ्नो पराक्रम स्थापित गर्ने थियो अथवा हामी चीन वा भारतको एक प्रान्त हुने थियौँ । त्यस बेलाको भूराजनीतिक अवस्था नै त्यस्तो थियो । तसर्थ धेरै पुरानो समयमा भएको अमानवीय लाग्ने घटनालाई आज व्याख्या गरिने मानव–अधिकारका धारा केलाएर मूल्याङ्कन गर्नु सर्वथा अनुचित हो ।

पृथ्वीनारायण शाहको सत्तोसराप गर्नेहरूलाई पालन–पोषण गर्ने शक्ति–केन्द्रहरूले आजको २१ औँ शताब्दीमा पनि शाहले भन्दा हजारौँ गुणा बढी अमानवीय क्रियाकलाप गरेका छन् । विश्वमा भएका तमाम् अशान्ति, द्वन्द्व, वातावरण विनाशको प्रत्यक्ष–अप्रत्यक्ष हात तिनै शक्ति–केन्द्रको छ । तथापि तिनै शक्ति–केन्द्रबाट पालित–पोषित केही पत्रकार, लेखकलगायत भेषमा रहेर नेपालविरोधी क्रियाकलाप गर्नेहरू उनीहरूको क्रूरताबारे चुइँक्क बोल्दैनन् । अन्नदाताले खटाएको कुरामात्रै गर्ने हुन् उनीहरूले ।

पृथ्वीनारायण शाहले यति धार्नी नाक कान काटे भन्ने शक्ति–केन्द्रहरूको अतिरञ्जित कुरामा खासै दम छैन । नेपालबाट इसाई, तत्कालीन भाषामा फिरङ्गीहरूलाई देश निकाला गरेपछि त्यसबाट क्षुब्ध, आक्रोसित फादर गुस्सेपेले पृथ्वीनारायाण शाहको बदनाम गर्न किताब लेखेर तिल जत्रो घटनालाई नरिबल जत्रो पारेको तथ्य गुगल सर्च गर्दा सजिलै भेटिन्छ ।

बाँकी–बक्यौता भूभाग दक्षिण एसियाकै सबभन्दा पुरानो राष्ट्र भएर आजसम्म अडिएको छ । र हामीले कहिले पनि विदेशीद्वारा शासित हुनुनपरेका बहादुर नेपाली (गोर्खाली) का रूपमा परिचित हुन पाएका छौँ ।

इतिहासका विद्यार्थी, खोजकर्ताहरू अनुसार उक्त क्षेत्रका तत्कालीन सबै नागरिकको जोडे पनि प्रचारित नाक–कानको तौल पुग्ने थिएन । तसर्थ नेपाललाई अस्थिर राख्न चाहने शक्ति–केन्द्र को प्रारम्भदेखिकै अभ्यास तथा चलखेल बुझ्न कठिन छैन । राज्य विस्तारमा असहयोग गर्ने केहीको नाक–कान काटिएको हुनसक्छ । युद्धको प्रकृति क्रुर नै हुन्छ, मितेरी साइनो लगाए जस्तो हुँदैन । शाहको विरोध गर्ने मध्येबाट कोही बल, विवेक र पराक्रम भएको मानिस निस्कियो भने भोलि नेपालको मात्र नभई भारत, चीनलगायत विश्वकै सम्राट वा राजनेता बन्न सक्छ । तसर्थ शाहको साहस र पराक्रमको आरिस गर्नुको तुक छैन । नेपाल र नेपाली रहेसम्म उनको सम्मान हुन्छ, हुनुपर्छ ।

पृथ्वीनारायण शाहले ३२ बर्से शासनकालमा पूर्वमा त्रिशूली नदी र पश्चिममा चेपे नदी साँध भएको गोरखा राज्यको सिमाना ‘नेपाल’ नामबाट विस्तार गर्दै पूर्वमा तिस्टा नदीसम्म पु¥याएका थिए । उनले थालेको यो विजय–यात्रा अघि बढाउँदै उनका भाइ–भारदारले पूर्वमा तिस्टादेखि, पश्चिम सतलज नदीसम्म फैलिएको विशाल नेपाल (ग्रेटर नेपाल) खडा गरे, जसको बाँकी–बक्यौता भूभाग दक्षिण एसियाकै सबभन्दा पुरानो राष्ट्र भएर आजसम्म अडिएको छ । र हामीले कहिले पनि विदेशीद्वारा शासित हुनुनपरेका बहादुर नेपाली (गोर्खाली) का रूपमा परिचित हुन पाएका छौँ । यो कुनै ठट्टा वा घृणा गरिने कुरा होइन ।

नेपालमा जातीय विभेदलगायत अनेकौँ कुप्रथा छन् । तर त्यसको दोष शाहलाई मात्रै दिन मिल्दैन । जातीय विभेद सयौँ वर्षदेखि कायम थियो, छ । बरु उनले ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी’ भनेर सबैको सम्मान र सहअस्तित्वको वकालत गरेका थिए । यद्यपि नेपालमा जातीय, लैङ्गिक, क्षेत्रीय, वर्गीयलगायत विभिन्नखाले विभेद र कुप्रथा विद्यमान छन् । तिनको समूल अन्त्य गर्नैपर्छ अन्यथा यी समस्याले भविष्यमा बिस्फोटक रूप लिन सक्छन् । साथै पुरानो घटना–प्रसङ्गको आडमा जातीय दूरी र घृणा बढाउने खेल अन्त्य हुनैपर्छ । यसमा पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ उपयोग आधार हुनसक्छ ।

नेपाल दुई ठूला ढुङ्गाबीचको तरुल हो भनेर आजपर्यन्त भनिँदै आएको छ । दुई शक्तिशाली देश भारत र चीनसँग जहिल्यै राम्रो समन्ध कायम गर्नुपर्छ भन्ने पृथ्वी–सन्देश आज पनि उत्तिकै अनुकरणीय छ । नेपालले वर्षौँदेखि अवलम्बन गर्दै आएको पराष्ट्र नीति अर्थात् सार्वभौमिक समानता र पञ्चशीलको सिद्धान्तको आधार पनि यही हो ।

घुस लिने र दिने दुवै देशका सत्रु हुन् । पृथ्वीनारायण शाहको यही एउटा उपदेशलाई त्यसपछिका हाम्रा शासकहरूले अनुशरण गरिदिएको भए आज नेपाल संसारकै एक गरिब र भ्रष्ट देश हुने थिएन ।

प्रतिक्रिया दिनुहोस्: