Rumpum Advertisement

‘लगनअघि र पछिको पोतेको के काम !’

Neuro
‘लगनअघि र पछिको पोतेको के काम !’

विराटनगर/नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले उचित समय आएपछि निर्णय लिने बताएका छन् ।

कोसी अनलाइनसँग कुरा गर्दै उनले पर्ख र हेरको अवस्थामा रहेकाले सही समयमा सही निर्णय लिइने बताए । ‘अहिले एउटा समूहलाई सहयोग गरिएला भोलि पार्टी एक भयो भने के गर्ने ?’ उनले भने, ‘लगनअघि र पछिको पोतेको के काम !’ उनले प्रदेश १ सरकार परिवर्तनमा नेपाली काङ्ग्रेसले कुनै तयारी नगरेर समयको प्रतिक्षा गरिरहेको बताए ।

उनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गरिएको निलम्वनलाई केटाकेटीको खेलको संज्ञा दिए । उनले नेकपा पार्टी विधान नहेरेकाले त्यसको आधिकारिकताको बारेमा भन्न नसक्ने जिकिर गरे । उनले भने, ‘अरुको आन्तरिक कुरामा केही भन्नु पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्: