birat ribon

रियल मड्रिड एम्बाप्पेका लागि दुई सय मिलियन युरो खर्च गर्न तयार

Neuro
रियल मड्रिड एम्बाप्पेका लागि दुई सय मिलियन युरो खर्च गर्न तयार

विराटनगर । स्पेनिस फुटबल क्लब रियल मड्रिड पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर किलियन एम्बाप्पेका लागि दुई सय मिलियन युरो तिर्न तयार रहेको बताइएको छ । स्पेनिस मिडिया ‘एएस’का अनुसार विश्वकप विजेता एम्बाप्पेलाई यसै समरमा अनुबन्ध गर्नका लागि रियल महँगो रकम खर्च गर्न तयार देखिएको हो ।

ला लिगाको साविक विजेता रियल ‘अपरेशन एम्बाप्पे’का लागि पुनः तयार भएको छ । यसअघि पनि उसले सन् २०१८ का विश्वकप विजेता एम्बाप्पे अनुबन्धनका लागि प्रयास गरेको थियो ।

cura insider

२२ वर्षीय एम्बाप्पे र पिएसजीबीचको सम्झौता जुन २०२२ मा सकिँदैछ । पिएसजीलाई अघिल्लो संस्करणको च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निभाएका उनलाई फ्रेन्च क्लब गुमाउन चाहँदैन ।

तर, एम्बाप्पेले भने पिएसजीसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन् । सम्झौता नवीकरण गर्न नसकेपछि एम्बाप्पेलाई महँगो रकममा बेच्न चाहेको जनाइएको छ । यस्तैमा उनलाई रियलले एक सय ५० मिलियनदेखि दुई सय मिलियनसम्ममा किन्न सक्ने एएसले जनाएको छ ।

एम्बाप्पेलाई वार्षिक २१ मिलियन युरो दिन पनि रियल तयार देखिएको खबरमा जनाइएको छ । खबरका अनुसार एम्बाप्पेको स्पेन सर्ने चाहना रहेकोमा रियल विश्वस्त छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एम्बाप्पे अनुबन्धनका लागि पिएसजीका कतारी मालिकसँग छलफल जारी राखेको दाबी गरिएको छ ।

jackson ribon