Rumpum Advertisement

एकै दिनमा शेयर घटेपछि विश्वको दोश्रो धनी व्यक्तिमा झरे एलन मस्क

एकै दिनमा शेयर घटेपछि विश्वको दोश्रो धनी व्यक्तिमा झरे एलन मस्क

विराटनगर/छोटो अवधिका लागि विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका एलन मस्क फेरि विश्वको दोश्रो धनी व्यक्तिमा झरेका छन् ।

इलेक्ट्रिक गाडी बनाउने कम्पनी टेस्लाका फाउन्डर अर्बपति मस्क पाँच दिनपछि विश्वको दोश्रो धनी व्यक्तिमा झरेका हुन् । एकैदिनमा टेस्लाको शेयरमा करिब १४ अर्ब अमेरिकी डलरको गिरावट भएपछि उनी दोश्रो धनी व्यक्ति बनेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्तिको पहिलो स्थानमा फेरि अमेजनका फाउन्डर जेफ बेजोस नै रहेका छन् ।

फोब्र्स म्यागजिनका अनुसार सोमबार टेस्लाको शेयरमा करिब आठ प्रतिशत गिरावट आएको थियो । जसका कारण मस्कको कुल सम्पतिबाट १३.५ अर्ब घटेर एक सय ७६.२ अर्ब अमेरिकी डलर भएको छ । एलन मस्क बेजोसभन्दा अब छ अर्ब डलर पछि छन् । जेफ बेजोसको कुल सम्पति एक सय ८२.१ अर्ब अमेरिकी डलर रहेको छ ।

मस्क गत हप्ताको शुक्रबार मात्रै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए । गत बिहीबार विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्य बढेपछि बेजोसलाई उछिन्दै मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: