birat ribon

बाइडेनले लगाए कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज

Neuro
बाइडेनले लगाए कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज

विराटनगर/अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज पनि लगाएका छन् ।

बाइडेनको ट्रान्जिसन टिमले बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाएको जानकारी दिएका हुन् । बाइडेनले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोपको पहिलो डोज २२ डिसेम्बरमा लगाएका थिए । भाइरसविरुद्धको खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गर्नका लागि आफूले खोप लगाएको बाइडेनको भनाइ छ ।

cura insider

साथै, उनले सबै अमेरिकीहरूलाई मास्क लगाउन, सामाजिक दुरी अभ्यास गर्न र आफ्नो हात धोएर भाइरसको फैलावट रोक्नलाई आग्रह गरेका छन् । बाइडेनको टोलीले व्हाइट हाउसमा प्रशासनको पहिलो एक सय दिनको अवधिमा अमेरिकामा दस करोड कोभिड खोप वितरण गर्ने अर्थात् पाँच करोड जनतालाई खोप दिने लक्ष्य राखेको छ ।

बाइडेनकी पत्नी, उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान् डग एमहोफले पनि खोपको पहिलो डोज लिइसकेका छन् ।

jackson ribon