Rumpum Advertisement

घाइते चरी बाघको मृत्यु

घाइते चरी बाघको मृत्यु

तनहुँ/तनहुँको बन्दीपुरमा घाइते अवस्थामा उद्दार गरिएको चरी बाघको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट पुस २१ गते घाइते अवस्थामा उद्दार गरिएको चरी बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।

सुरुमा उद्दार गर्दा चितुवाको बच्चा भनिए पनि पछि अध्ययनको क्रममा संरक्षित चरी बाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । ‘तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन,’ उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्: