birat ribon

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ

Neuro
विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ

विराटनगर/प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई पक्राउ गरेको छ ।

उनी प्रतिलिपि अधिकार हनन् गरेको आरोपमा पक्राउ परेकी हुन् । केही समयअगाडि गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारवाहीको माग गर्दै ५७ जना गायक–गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा निवेदन दिएका थिए ।

cura insider

आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको उनीहरुको निवेदनमा उल्लेख थियो ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारवाहीको माग गर्दै निवेदनमा हस्ताक्षर गर्नेमा प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक बज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देललगायत थिए । निवेदनमा लेखिएको थियो :

‘नेपाली सङ्गीतको क्षेत्रमा प्रारम्भिक कालदेखि वर्तमानसम्म आइपुग्दा असाध्यै शान्त, अनुशासित र मर्यादित संस्कारबाट सुसज्जित रहेको छ । गीत–सङ्गीत क्षेत्र र श्रष्टाहरुलाई राज्य, समाज र आम नागरिकले एक छुट्टै स्थानमा राखेर माया, स्नेह र सद्भाव दिइआएको पाइन्छ । स्रष्टा गायक कलाकारले समेत राज्यको कला, संस्कृति र साहित्यमा हरेक क्षण इँटा थपिरहेको अवस्था छ ।’

‘पछिल्लो केही वर्षयता जब गीत–सङ्गीतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डिजिटल व्यवसायको सुरुवात भयो, यसको विकासक्रमसँगै हाल स्वयं स्रष्टा, प्रस्तोताहरुले आफ्ना सिर्जनाहरु आफैँ प्रबद्र्धन गरी त्यसबाट आफैँ लाभान्वित हुने योजना बनाई हाल विकसित भरहेका विभिन्न डिजिटल प्लेटफर्महरुमार्फत् आफैँ स्थापित हुने प्रयास गरिरहेको अवस्था छ,’ अपीलमा भनिएको छ, ‘यसैअनुरुप हाल स्रष्टा, प्रस्तोताहरुले आफ्ना विगतमा सिर्जना गरेका, आफैँद्वारा लगानी गरिएका तथा आफैँमा प्रतिलिपि अधिकार रहेका जति सिर्जनाहरुलाई आफैँमा फिर्ता लिने अभियान चलाएका छन् ।’

अपिलमा भनिएको छ, ‘यसै क्रममा गायक तथा सङ्गीतकार प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीसँग आफ्ना सिर्जनाहरु नियमअनुसार फिर्ता मागेका हुन् । उनको यो सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट उल्टै गालीगलौज, अपमानपूर्ण अभिव्यक्ति र अन्यायपूर्ण व्यवहार भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई तमाम आदरणीय प्रतिष्ठित स्रष्टा, प्रस्तोताहरुप्रति लक्षित गरी गरिएका गालीगलौज तथा मानमर्दनका विरुद्ध कानुनी प्रक्रियाद्वारा आवश्यक कारवाही गरिदिनु हुन र यस्ता प्रवृत्तिहरुलाई आगामी दिनमा पूर्ण रुपमा सचेत गराइदिनु हुनसमेत विनम्र अपिल गर्दछौँ ।’

jackson ribon