birat ribon

ट्रम्प समर्थक ७० हजारको ट्वीटर सस्पेन्ड

Neuro
ट्रम्प समर्थक ७० हजारको ट्वीटर सस्पेन्ड

विराटनगर । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकमध्ये ७० हजार जनाको ट्वीटर खाता सस्पेन्ड गरिदिएको छ ।

संसदमा आक्रमण गर्न लगाएपछि विश्वभरबाट आलोचना खेपिरहेका ट्रम्पका समर्थकको ट्वीटर खाता तत्कालका लागि निलम्बनमा परेका हुन् । ट्रम्पको पक्ष लिँदै क्युएननका समूहका सदस्य तोडफोडमा उत्रिएका थिए । ट्वीटरले ट्रम्पको अवैध गतिविधीमा समर्थन गर्ने र ट्रम्पलाई फाइदा पुग्ने गरी अनेक षडयन्त्र गर्दै संसदमा आक्रमण गर्न अग्रसरता देखाएर अनर्गल पोस्टहरु गर्न थालेपछि उनीहरुको खाता बन्द गर्न बाध्य हुनु परेको जनाएको छ ।

cura insider

क्युएननका एउटा कन्स्पिरेसीमा आधारित अभियान हो । जसका सदस्यहरु अमेरिकाको क्यापिटोलमा रहेको संसदमा आक्रमण गर्न पुगेका थिए। यही अभियानका सयौं मानिसहरुलाई संसदमा पहिचान गरिएको थियो। राष्ट्रपति ट्रम्पको उक्साहटमा संसदमा आक्रमणमा उत्रिएका कतिपयले क्यू लेखिएको ब्यानहरु पनि बोकेका थिए।

क्युआएननका अभियन्ताहरु राष्ट्रपति ट्रम्पलाई हिरो मान्छन्। मुलत क्युएननका राष्ट्रपति ट्रम्पले छेड्नसक्ने गोप्य युद्धको तयारीका लागि बनेको संगठित समूह हो । जसले आफूलाई सरकार, मिडिया र उद्योगका क्षेत्रमा रहेका खराबहरु विरुद्ध लड्ने दाबी गर्छ। यो यस्तो षड्यन्त्रको आधारमा तयार भएको संगठन हो जसभित्र केही यस्ता दाबीहरु पनि छन् जुन भुसको आगो जस्तै फैलिरहेको छ।

यतिसम्म कि यो समूहले यस अघि ट्रम्पसँग प्रतिस्पर्धामा उत्रिएकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनलाई पक्राउ र कारवाही गर्नेसम्मका हल्ला फैलाएको थियो। अज्ञात रुपमा फैलाइने यिनै हल्लाहरुको आधारमा यसको जन्म भएको बताइन्छ। साथै यस भित्रका तथ्यहरुमा कति पत्याउन लायक छन् त कति छैनन्।

jackson ribon